ईडीभी परेपछि नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने ९ जना पक्राउ

Byपहिलो सुचना

२०७९ आश्विन ७, शुक्रबार १५:३७ २०७९ आश्विन ७, शुक्रबार १५:३७ २०७९ आश्विन ७, शुक्रबार १५:३७

असोज ७, काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (ईडीभी) परेर सजिलै अमेरिका जाने धेरैले सपना बुनेकाे हुन्छ । त्यसैले त हरेक वर्ष खुल्ने ईडीभीकाे बेला फर्म भर्नेहरूकाे लर्काे हुन्छ साइबर तथा फाेटाे स्टुडियाेहरूमा । तर चिठ्ठा पर्दैमा सजिलाे भने छैन । त्यसका लागि पनि विभिन्न मापदण्ड पुगेपछिमात्रै जाने प्रक्रिया शुरू हुन्छ । यस्तै सपना देखेका ७ जना अमेरिका हाेइन प्रहरी कष्टडीमा पुगेका छन् । 

प्रहरीले काठमाडौंबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित नौ जनालाई पक्राउ गरेको छ । डिभी परेपछि भिसा पक्रियाका लागि कक्षा १२ को नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

भिसा प्रयोजनका लागि नक्कली ‘एकेडेमिक ट्रान्सक्रिप्ट’ बनाएको गोप्य सूचनाको आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई महाराजगंजस्थित अमेरिकी दूतावास र काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो । 

यसैगरी, झापा मेचीनगरका ४६ वर्षीय विदुर प्याकुरेल, काठमाडौं कागेश्वरीका २१ वर्षीय सुरजराज खत्री र अछाम मंगलसेनका २७ वर्षीय वीरेन्द्रबहादुर रावल नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका हुन् । 

यस्तै अछाम घर भएका २७ वर्षीय वीरेन्द्रबहादुर रावल, झापा घर भएका ४६ वर्षीय विदुर प्याकुरेल, ४० वर्षीय दिनेश प्रसाईं र ४७ वर्षीय सूर्यबहादुर श्रेष्ठ छन् । उनीहरूलाई बिहीबार अमेरिकी दूतावासबाटै पक्राउ गरिएको हो। उनीहरूले सन् २०२१ मा डिभी भरेका थिए ।

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न थप दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । झापा बिर्तामोडका वर्ष ४० का दिनेश प्रसाई र दमकका ४८ वर्षीय सूर्यबहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमक र अनारमनीको समन्वयमा पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूकाे साथबाट उच्च माध्यामिक शिक्षा बाेर्ड, त्रिभुवन विश्वविद्यालय र एनएबीकाे नाममा जारी भएकाे नक्कली प्रमाणपत्र बरामद गरिएकाे छ । 

डिभी परेर अमेरिका जान शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नैपर्ने बाध्यता भएपछि उनीहरूले नक्कली प्रमाणपत्र बनाएर दूतावासमा बुझाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook