निर्वाचन आयोगले २४ घण्टाभित्र माग्यो चुनाव घोषणपछिका रकमानान्तरको विवरण

Byपहिलो सुचना

२०७९ आश्विन ७, शुक्रबार १३:३७ २०७९ आश्विन ७, शुक्रबार १३:३७ २०७९ आश्विन ७, शुक्रबार १३:३७

असोज ७, काठमाडौं । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमानान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook