असोज ३, काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।
बंगलादेशले १४ औं र ४१औं मिनेटमा गोल गरेको हो ।
नेपाली टिमबाट अञ्जली तुम्बाफो सुब्बा, गीता राना, पुनम जर्घा मगर, अमृता जैशी, हिराकुमारी भुजेल, अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही, अनिता केसी, प्रिती राई र रश्मिकुमारी घिसिङ मैदान उत्रिएका छन् ।
