साउन २४, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण आज ३५ जनाको मृत्युु भएको छ। यो सँगै मृत्यु हुनेको कुल सङ्ख्या १० हजार १५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार १३,२१७ जनाको पिसिआर परिक्षण गर्दा ३,१९४ जनामा र ५,९०६ जनाको एन्टिजेन परिक्षण गर्दा १,७१० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित संख्या करिब २ महिना कै उच्चा रहेको तथ्यंकले देखाउछ । यो संख्या सँगै मुलुक भरि सक्रिय संक्रमितको संख्या ३७,३३२ जना रहेको छ ।
