ओली सरकारले ल्याएको बजेट खारेज गर्दै नयाँ बजेट ल्याउने अर्थमन्त्रीको घोषणा

ByGyan Kaji Tamang

२०७८ श्रावण २६, मंगलवार १७:०८ २०७८ श्रावण २६, मंगलवार १७:०८ २०७८ श्रावण २६, मंगलवार १७:०८

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सरकारको श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री जर्नाधन शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका छन्।

देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै अर्थमन्त्री शर्माले भने “अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड १९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook