बागमती प्रदेश प्रमुखले जारी गरे दुई अध्यादेश

Byपहिलो सुचना

२०७९ भाद्र १, बुधबार १५:३२ २०७९ भाद्र १, बुधबार १५:३२ २०७९ भाद्र १, बुधबार १५:३२

भदौ १, काठमाडौं । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका अध्यादेश उनले जारी गरेका हुन् ।

नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम उनले अध्यादेश जारी गरेका हुन् । 

ती अध्यादेश प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहको सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook