मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

Byपहिलो सुचना

२०७९ श्रावण २७, शुक्रबार १९:२० २०७९ श्रावण २७, शुक्रबार १९:२० २०७९ श्रावण २७, शुक्रबार १९:२०

साउन २७, वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ ।

विश्वविद्यालयविरूद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो ।

विभिन्न विषयसँग सम्बन्धित उजुरी कार्यालयमा पर्न थालेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा अख्तियारमा उजुरी परेको कार्यालयले जनाएको छ ।

विश्वविद्यालयका विषयमा कार्यालयमा उजुरी परेकाले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा लिइएको सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।

अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको उनको भनाइ थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook