गण्डकी गाउँपालिकाका अध्यक्षले एक महिनाको तलब दिए विद्यालयलाई

Byपहिलो सुचना

२०७९ श्रावण २७, शुक्रबार १२:५० २०७९ श्रावण २७, शुक्रबार १२:५० २०७९ श्रावण २७, शुक्रबार १२:५०

साउन २६, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेनाले आफ्नो एक महिनाको तलब विद्यालयलाई दिएका छन् ।  

उनले आफ्नो पहिलो महिनाको ३६ हजार दुई रुपैयाँ पाँदेलटारस्थित ज्ञानमार्ग माध्यमिक विद्यालयलाई उपलब्ध गराएका हुन् ।

‘मैले निर्वाचनको बेला गाउँपालिकाभित्र शिक्षालाई प्रथामिकता दिन्छु भनेको थिएँ’, उनले भने, ‘त्यसैले विजयी भएपछि मैले पाएको सेवा सुविधा विद्यालयलाई दिएको हुँ ।’ 

सो विद्यालयका प्रधानध्यापक दिलबहादुर गुरूङले प्राप्त रकम विद्यालयको छात्राबासमा अध्ययनरत विद्यार्थीका लागि खर्च गरिने जानकारी दिए । सो विद्यालयमा आवासीय सुविधासहित विपन्न चेपाङ समुदायका बालबालिका अध्ययन गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook