भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

Byपहिलो सुचना

२०७९ श्रावण २५, बुधबार ०७:५४ २०७९ श्रावण २५, बुधबार ०७:५४ २०७९ श्रावण २५, बुधबार ०७:५४

साउन २५, भोजपुर । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन् ।

गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो । शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ । यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook