विश्व आदिवासी दिवसका अवसरमा तनहुँका ६ स्थानीय तहमा आज बिदा

Byपहिलो सुचना

२०७९ श्रावण २४, मंगलवार ०७:३५ २०७९ श्रावण २४, मंगलवार ०७:३५ २०७९ श्रावण २४, मंगलवार ०७:३५
Holiday

साउन २४, दमौली । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

साउन २४ गते मङ्गलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

ती पालिकाले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् ।

विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले मंगलबार जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook