साउन २५, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३,६५१ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४४५ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ६०९ जना र ६ हजार १४९ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ र १ हजार ७८४ जना संक्रमणमुक्त भएका छन् ।

