कोरोनाका कारण पशुपतिनाथ मन्दिर बन्द भएतापनि भक्तजनहरुको भिड (फोटो फिचर)

ByManisha Balami

२०७८ श्रावण २५, सोमबार १३:४५ २०७८ श्रावण २५, सोमबार १३:४५ २०७८ श्रावण २५, सोमबार १३:४५
Temple

साउन २५, काठमाडौं । साउन महिना हिन्दु धर्मावलम्बीहरुले पवित्र महिनाको रुपमा लिने गर्छन्। अधिकांश हिन्दु धर्मावलम्बीहरुले यो महिनाभर शाकाहारी बन्ने र सधारण जिवनशैली अवलम्बन गर्ने गर्छन्। विवाहित महिलाहरुले आफ्नो पतिको लामो आयुको लागि र अझ अविवाहित महिलाहरुले त राम्रो र योग्य जिवनसाथी पाउ भनेर समेत साउन महिना भरिको प्रत्येक सोमवार शिव भगवानको व्रत लिने गर्छन्। यसपाली अधिकांश शिव मन्दिरहरु कोरोना कहरको कारणले बन्द छन्। तर धर्म प्रतिको सद्भाव घटेको देखिदैन । आज सोमवार काठमाडौंको पशुपति मन्दिरमा व्रतालु महिलाहरुको गतिविधी देख्दा लाग्छ जस्तोसुकै परिस्थितिमा पनि मानिसहरु आफ्नो धर्म र संस्कृति प्रति सक्रिय बनिरहन्छन। आज साउन महिनाको चौथो सोमवार पहिलो सुचना सहकर्मी मनिषा बलामीले कैद गरेको पशुपतिनाथ मन्दिर वरिपरिको दृष्य फोटो फिचरमा:

कोरोनाको कारण पशुपतिनाथको मुख्य मन्दिर बन्द भएपछि प्रबेशद्धारमा नै पुजा गर्दै भक्तजनहरु ।
प्रबेशद्धारमा जम्मा भएका भत्तजनहरु
मुख्य मन्दिर बन्द भएपछि अन्य मन्दिरमा पुजा गर्दै
मुख्य मन्दिर बन्द भएपछि अन्य मन्दिरमा पुजा गर्दै

मुख्य मन्दिर बन्द भएपछि अन्य मन्दिरमा पुजा गर्दै
सुनसान पशुपतिनाथ क्षेत्र
किनमेल गर्दै भत्तजनहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook