राष्ट्रिय सभाको बैठक आज बस्दै, नागरिकता विधेयक २०७९ पेस गरिने

Byपहिलो सुचना

२०७९ श्रावण ९, सोमबार ०६:२७ २०७९ श्रावण ९, सोमबार ०६:२७ २०७९ श्रावण ९, सोमबार ०६:२७

साउन ९, काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक हुने राष्ट्रियसभा सचिवालयले जनाएकाे छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई सभा समक्ष टेबल गर्ने कार्यसूची रहेकाे छ ।

त्यस्तै, राष्ट्रिय सभाबाट पारित भई सन्देश सहित प्रतिनिधि सभामा पठाइएका ‘नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गर्ने कार्यसूची रहेको छ ।

हेर्नुहोस कार्यसूची

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook