साउन ९, काठमाडौं । काठमाडाैंमा बिहानै भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भुकम्प सोमबार बिहान ६:०७ मा गएको थियो ।
केन्द्रका अनुसार भूकम्पको धक्का छिमेकी जिल्ला काभ्रे, दोलखा, रामेछापसहित काठमाडौं उपत्यकामासमेत महसुस गरिएको थियो ।
