पोखरीमा डुबेर बाबुछोरीको मृत्यु

Byपहिलो सुचना

२०७९ श्रावण ५, बिहीबार ०७:३६ २०७९ श्रावण ५, बिहीबार ०७:३६ २०७९ श्रावण ५, बिहीबार ०७:३६

साउन ५, वालिङ । स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीय बिन्द्र गुरुङ र उनकी चार वर्षीया छोरी सोफियाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।

उद्धार गरी उनीहरूलाई वालिङस्थित अस्पताल लगिएको थियो । चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook