जुरे पहिरोका पीडितले पाएनन् ७ वर्ष सम्मा पनि राहत

Byपहिलो सुचना

२०७८ श्रावण २४, आईतवार १५:०६ २०७८ श्रावण २४, आईतवार १५:०६ २०७८ श्रावण २४, आईतवार १५:०६

रासस, २४ साउन, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा हरेक बर्ष नै केहि न केहि खालको प्रकृतिक विपत्तिहरु आइरहन्छन । मुख्या गरि बर्खको सिजनमा हुन बाढि पहिरो को कारणले पत्येक बर्ष सयौ जनाको ज्यान जाने र हजारौं जना घरबार बिहिन हुने अवस्था विगत लामो समय देखि नै निरन्तर चलिरहेको छ । त्यसै मध्येको एक विपत्ति हो जुरे पहिरो । आज भन्दा ७ वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए । समय बित्दै गयो, पहिरो पिडितको नाममा सरकारले राहत कोष नै खडा गरेर रकम संकलन गरे तर बिडम्बना जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् ।

पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर बस्यो । पहिरापीडितले राहत रकमका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म पनि धाए । सात वर्षसम्म पनि जसका नाममा पैसा सङ्कलन भयो उनीहरुले नै पाएनन् । नत उनीहरुका लागि पुनःबासको योजनाले नै मूर्तरुप लिनसक्यो ।
सात वर्ष बित्दासमेत आफूहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकाले जुरे पहिरापीडित बलेफीका रामबहादुर तामाङले आक्रोश पोखे । पीडितको राहत रकम वितरणका लागि गृह मन्त्रालयदेखि जिल्लाका समितिले समेत अध्ययन समिति गठन गर्‍यो ।

तत्कालीन जिल्ला दैविप्रकोप व्यवस्थापन समितिका प्रतिनीधिसमेत रहेका गैह्रसरकारी संस्थाका अध्यक्ष सोम सापकोटा, पत्रकार महासङ्घका अध्यक्ष युवराज पुरी र नापी कार्यालय प्रमुख शरद मैनालीको अध्ययन समितिले राहत वितरण गर्न प्रतिवेदन पेश गरिएको समितिका सदस्य सापकोटाले बताए ।

त्यसपछि गृह मन्त्रालयको सहसचिवस्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको बलेफी– ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सुनाए । निर्वाचित प्रतिनिधिले राहत उपलब्ध गराउन प्रयत्न पनि गरे तर सार्थक हुन सकेन । ‘हामीले पीडितको नाममा रहेको राहत वितरण गर्न जिल्ला प्रशासनलाई आग्रह गर्‍यौ, दबाब दियौँ, ज्ञापनपत्र बुझायौँ, तर पनि पीडितको सहयोग वितरण भएको छैन’, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भने ।

विसं २०७१ साउन १७ गते बिहान ३स्०० बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको थियो । तीनै वटा स्थानीय तहमा ठूलो मानवीय र भैतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द भएको थियो ।

भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त भएको थियो । सुनकोशी नदी तटिय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिक लामो समयसम्म त्रासमा रहे ।

बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानीमा हाइड्रो पावर र सुनकोशी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook