अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति बन्ने

Byपहिलो सुचना

२०७९ असार २२, बुधबार १५:३६ २०७९ असार २२, बुधबार १५:३६ २०७९ असार २२, बुधबार १५:३६

असार २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न बन्ने ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ ।

बानेश्वरस्थित संघीय संसद भवनमा सत्तारूढ र प्रतिपक्षी दलहरुबीच आज भएको छलफलअनुसार संसदीय छानबिन समिति गठन गर्ने समझदारी बनेको छ ।

अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने आरोप छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसदीय छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

संसदीय छानबिन समितिमा एमालेका ४ जना, नेपाली काङ्ग्रेसका २ र नेकपा माओवादीका २ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना गरि कूल ११ सदस्यीय संसदीय छानबिन गठन हुने सहमती भएको छ ।

दलहरुले नाम दिएपछि प्रतिनिधि सभा बैठकमा सभामुखले औपचारिक घोषणा दिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook