असार २१, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ४४४ पुगेको छ ।
हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ भने ९ लाख ६७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो तथ्यांकअनुसार अहिले नेपालमा कोरोना संक्रमण बाढ्दो छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण बढे संगै नेपालमा पनि जोखिम बढेको छ ।
