रामेछाप बस दुर्घटना: मृत्यु संख्या १३ पुग्यो

Byपहिलो सुचना

२०७९ असार २१, मंगलवार १५:५३ २०७९ असार २१, मंगलवार १५:५३ २०७९ असार २१, मंगलवार १५:५३

असार २१, काठमाडौं । आज बिहान रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।

घटनास्थलमै नौ जनाको मृत्यु भएको थियो । थप चार जना धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले १२ जनाको सनाखत भइसकेको र एक जनाको सनाखत गर्ने प्रयास भइरहेको बताए ।

मृत्यु हुनेमा रामेछाप सुनापति गाउँपालिका-५ बस्ने ६० वर्षीय ठूला तामाङ, ३६ वर्षीय खड्कबहादुर विक, वडा नम्बर ४ बस्ने २६ वर्षीया समरिता तामाङ, काभ्रे रोशी गाउँपालिका-४ का २५ वर्षीय कमल तामाङ, पाँचखाल नगरपालिकाका १८ वर्षीय सुदीप गजमेर हुन् ।

यस्तै, सुनापाति-५ की ३६ वर्षीया सञ्जु आलेमगर, २२ वर्षीया विपना तामाङ, मण्डनदेउपुर नगरपालिका-९ की ६० वर्षीया शुभलक्ष्मी मानन्धर र पाँचखालका ४० वर्षीय कुलबहादुर विकको पनि मृत्यु भएको छ । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

त्यस्तै, धुलिखेल अस्पतालमा सुनापाति-५ का ३५ वर्षीय रामबहादुर श्रेष्ठ, २५ वर्षीय बुद्ध तामाङ र ६० वर्षीय नेमा तामाङको मृत्यु भएको हो ।

प्रहरीले चालक प्रेमबहादुर घतानीलाई नियन्त्रणमा लिएको छ । सोधपुछमा उनले बसको ब्रेक फेल भएका कारण दुर्घटनामा परेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook