रामेछाप बस दुर्घटनामा ९ जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ असार २१, मंगलवार १२:१३ २०७९ असार २१, मंगलवार १२:१३ २०७९ असार २१, मंगलवार १२:१३

असार २१, काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस आज बिहान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेहरुको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ ।

रामेछापको हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान लुभुघाट भन्ने स्थानमा दुर्घटना भएको हो ।

बस सडकबाट अन्दाजी ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ५ पुरुष र ४ महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे रामेछापकी सहायक प्रमुख जिल्ला अधिकारी गीता गुरुङसँग बुझ्दा खनियापानीमा यात्रुबहाक बस दुर्घटना भएको र आफूहरु घटनास्थलमा जाँदै गरेको बताइन् । “त्यस्तो दुर्घटना हुने ठाउँ त थिएन । बिहान हामी त्यही बाटो आएका थियौं । धेरै नै हाताहाती पनि भएको भन्ने खबर आएको छ । हामी स्थलगत बुझ्न जाँदै छौं ।”

दुर्घटना के कारण भएको भन्ने बारे थप विवरन आउन बाकीँ नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook