असार २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य बढाएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल लिटरमा २ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ९ रूपैयाँ र हवाइ इन्धन आन्तरिकमा पाँच रूपैयाँ बढाएको हो ।
निगमले विज्ञप्ति जारी गर्दै अब काठमाडौं उपत्यकामा पेट्रोल १८१ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्ने जानकारी दिएको छ । त्यस्तै, हवाइ इन्धन आन्तरिकको मूल्य १९० रूपैयाँ लिटर भएको छ ।
एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ ।
भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यका आधारमा भाउ बढाउनु परेको आयल निगमले बताएको छ ।

