असार १४, धादिङ । धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
प्रहरीले उनीहरूको डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरेको थियो ।
आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो ।
आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ । (रासस)
