असार १४, सुदुरपश्चिम । कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । सोमबार पोखरीमा डुबेका उनीहरू बेहोस थिए ।
मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए ।
इँटाभट्टा नजिकै रहेको पोखरीमा सोमबार बेलुका बालिकाहरू डुबेपछि स्थानीयले उद्धार गरेका थिए ।
बर्दगोरियास्थित खापर हेल्थ क्लिनिकमा उनीहरूको उपचार गरिएको थियो ।
क्लिनिकमा उपचारका क्रममा गए राति उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । (रासस)
