चट्याङ लागेर कञ्चनपुरमा दुई जनाको मृत्यु

Byपहिलो सुचना

२०७९ असार १४, मंगलवार ०९:२६ २०७९ असार १४, मंगलवार ०९:२६ २०७९ असार १४, मंगलवार ०९:२६

असार १४, महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।

वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए ।

‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल लगिरहेका छौँ,’ उनले भने ।

त्यसैगरी चट्याङ लागेर पुनर्वास नगरपालिका–८ की २५ वर्षीया शारदा थापाको पनि घटनास्थलमै मृत्यु भएको छ ।

प्रहरी निरीक्षक मल्लका अनुसार थापाको खेतमा काम गर्दै गर्दा चट्याङ लागेर मृत्यु भएको हो ।

थापासँगै रहेका अर्का एक व्यक्ति सामान्य घाइते भएका छन् । ‘त्यहाँ पनि घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम भइरहेको छ । घटनाबारे विस्तृतमा आउन बाँकी छ,’ उनले भने । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook