असार ११, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा २० रुपैयाँ र डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएको छ ।
घटेको मूल्य अनुसार अब पेट्रोलको मूल्य १७९ रुपैयाँ र डिजेल मट्टीतेलको मूल्य १६३ रुपैयाँ भएको छ । नयाँ मूल्य शनिबार राति १२ बजेदेखी लागू हुनेछ ।
आज (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो ।
यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो ।
