राष्ट्रियसभामा तीन विधेयक टेबुल, अर्को बैठक आइतबार बस्ने

Byपहिलो सुचना

२०७९ असार १०, शुक्रबार १६:०१ २०७९ असार १०, शुक्रबार १६:०१ २०७९ असार १०, शुक्रबार १६:०१

असार १०, काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको बैठकमा तीन विधेयक टेबुल भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक ‘आर्थिक विधेयक, २०७९’, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (२५ औँ संशोधन), २०७९ पेश गरेका हुन् ।

त्यस्तै, बैठकले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । उक्त विधेयक स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले पेश गरेका थिए ।

बैठकमा ‘रेल्वे विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त प्रस्ताव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेश गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही असार १२ आइतबार ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook