प्रधानमन्त्री र अर्थमन्त्रीले प्रतिनिधिसभामा बिहीबार जवाफ दिने

Byपहिलो सुचना

२०७९ असार १, बुधबार २१:५६ २०७९ असार १, बुधबार २१:५६ २०७९ असार १, बुधबार २१:५६
Deubaप्रधानमन्त्री शेरबहादुर देउवाले अाइतबार सिंहदरबार प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवसकाे अवसरमा महिला ,बालबालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयले अाेजित कार्यक्रम मा

असार १, काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन यही असार २ गतेका लागि समय निर्धारण गरिएको छ ।

बुधबारको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा आज राति ९ः३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएका हुन् ।

शोक प्रस्ताव पारित

बुधबारको बैठकले पूर्वमन्त्री मिथिला चौधरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभामुख सापकोटाले प्रस्तुत गरेका उक्त शोक प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो । बैठकमा दिवंगत चौधरीको निधनप्रति शोक प्रकट गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट बिसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित, पूर्वजनसंख्या तथा वातावरणमन्त्री, पछिल्लो समय नेकपा (माओवादी केन्द्र) सँग आबद्ध दिवंगत चौधरीको ५७ वर्षको उमेरमा गत जेठ २७ गते उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको थियो ।

प्रतिनिधिसभाका अर्काे बैठक २०७९ असार २ गते बिहीबार दिउँसो १ बजेका लागि तोकिएएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook