एसपिपिसम्बन्धी सम्झौता भएको छैन : नेपाली सेना

Byपहिलो सुचना

२०७९ असार १, बुधबार २१:२३ २०७९ असार १, बुधबार २१:२३ २०७९ असार १, बुधबार २१:२३

असार १, काठमाडौं । नेपाली सेनाले अमेरिकी सेनासँग रणनीतिक साझेदारी कार्यक्रम (एसपिपि) सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको स्पष्ट पारेको छ ।  

बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले सो कुरा स्पष्ट पारेको हो । विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न सञ्चारमाध्यमहरूमा चर्चामा आएको एसपिपीसम्बन्धी समाचारहरूमा नेपाली सेनाको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नेपाली सेनाले विज्ञप्तिमा भनेको छ, ‘‘नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवम् सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना सदैव प्रस्ट र सचेत रहेको व्यहोरा सम्पूर्ण जनमानस तथा सञ्चार जगतलाई जानकारी गराइन्छ ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook