मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

Byपहिलो सुचना

२०७९ असार १, बुधबार २१:५६ २०७९ असार १, बुधबार २१:५६ २०७९ असार १, बुधबार २१:५६

असार १, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई बुधबार बसेको स्थायी कमिटीले अनुमोदन गरेको उनले बताए ।

‘उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौं,’ खतिवडाले भने ।

यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि-सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजग गराइने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

पार्टीले निर्वाचनको समीक्षा गर्दा कांग्रेस र माओवादीलगायत पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने प्रयास गर्ने तथा विगतका कमजोरीलाई सच्याउन सबैलाई एक ठाउँमा ल्याउने र अझ परिष्कृत भएर अगाडि बढ्ने निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

उनका अनुसार असार १० गते पोलिटब्युराको बैठक, ११ गते केन्द्रीय कमिटी बैठक र असार १२ र २३ गते केन्द्रीय परिषद बैठक डाकिएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरेका छन् ।

प्रतिवेदनमा परिमार्जन गरेर नयाँ राजनीतिक प्रतिवेदन गरिने र सो प्रतिवेदन केन्द्रीय कमिटीबाट अन्तिम रूप दिइने उनले बताए । यस्तै बैठकले कर्णाली प्रदेशमा २० जना प्रदेश सदस्य जना मनोनीत गरेको र पार्टी विरोधी गतिविधि गरेका १२ जनालाई हटाइएको उनले जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook