नायिका गरिमा पन्तलाई पुत्रीलाभ

Byपहिलो सुचना

२०७८ श्रावण २०, बुधबार १४:०३ २०७८ श्रावण २०, बुधबार १४:०३ २०७८ श्रावण २०, बुधबार १४:०३

साउन २०, काठमाडौँ। नायिका गरिमा पन्त आमा बनेकी छिन् । गरिमाले सामाजिक संजालमा एक तस्वीर सार्वजनिक गर्दै पुत्रिलाभ भएको बताएकी छिन् ।

गरिमाले लेखेकी छिन्– “तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत ।”

५ बर्ष अगाडि बेल्जियममा बस्दै आएका हरि थपलियासँग गरिमाले बिहे गरेकी थिइन् । बेल्जियममा गरिमा र हरिले रेष्टुरेन्ट समेत संचालन गर्दै आएका छन् ।

चलचित्र ‘तीन घुम्ती’मा काम गरेपछि यो क्षेत्रबाट गरिमा टाढा भएकी थिइन् । उनले, ८ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘झोला’बाट ‘राष्ट्रिय चलचित्र अवार्ड’ समेत पाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook