जेठ ५, धनगढी । कैलालीको टीकापुर नगरपालिकाको मेयर नागरिक उन्मुक्ति पार्टीका रामलाल डंगौरा थारूले जितेका छन् ।

थारुले सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार नवराज रावललाई ३ हजार बढी मतले हराएका हुन् । उनले ९६४२ मत पाएका छन् भने रावलले ६६४२ मत पाए । निर्वाचित थारू टीकापुर-७ का निवर्तमान वडाध्यक्ष समेत हुन् ।

जेलमा रहेका निलम्बित सांसद रेशम चौधरीको अगुवाइमा केही महिनाअघि दर्ता भएको उक्त पार्टीले स्थानीय तह चुनावमा पहिलो जित हात पारेको हो ।

उपमेयरमा भने गठबन्धनबाट माओवादी केन्द्रबाट उम्मेदवारी दिएका खडक शाहले जितेका छन् ।

शाहले ७९५५ मत ल्याएर नागरिक उन्मुक्तिबाट उम्मेदवारी दिएकी उल्कादेवी विश्वकर्मालाई हराएका हुन् । विश्वकर्माले ७८०२ मत ल्याइन् । 

उन्मुक्ति पार्टीले टीकापुरमा मेयरसहित वडा नम्बर ४ र ५ मा वडाध्यक्ष जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook