जेठ २, काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज (सोमवार) औपचारिक उद्घाटन भएको छ । सो क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।
विमानस्थल कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको पहिलो जहाज बिहान ६ बजेर ५५ मिनेटमा र जजिराको जहाज ७ बजेर ८ मिनेटमा अवतरण गरेका हुन् । यससँगै नेपालमा दोस्रो अन्तरराष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान प्रारम्भ भएको छ ।
निगमले काठमाडौंबाट कमर्सियल उडान गरेको हो । जजिराको जहाज भने दोहाबाट कुबेत ट्रान्जिट गरी नेपाल आएको हो ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान भने यही जेठ २९ गतेमात्र हुने नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
