ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा कांग्रेसको अग्रता

Byपहिलो सुचना

२०७९ जेष्ठ १, आईतवार १०:४० २०७९ जेष्ठ १, आईतवार १०:४० २०७९ जेष्ठ १, आईतवार १०:४० #स्थानीय चुनाव

जेठ १, ललितपुर । ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ ।

मतपरिणामअनुसार हालसम्म एक हजार ४०० मत गणना भएको छ ।  कांग्रेसका उम्मेदवार महर्जनले ७०६ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३६ मत पाएका छन् ।

महालक्ष्मी नगरपालिकामा एक हजार ७६ मत गणना हुँदा माओवादीको अग्रता कायम छ । नगर प्रमुखमा माओवादीका शिव कट्टेलले ३१६ मत र  एमालेका हरिगोविन्द श्रेष्ठले ३६९ मत पाएका छन् । उपप्रमुखमा  एमालेकी वीना सुवेदी केसीले ४२२ मत र कांग्रेसबाट लक्ष्मी महर्जनले ३३८ मत पाएकी छन् ।

महालक्ष्मी–१ अध्यक्षमा एमालेका छिरिङ लामाले ३५३, माओवादीका अभिषेक केसीले २२६ र कांग्रेसका मधुसुदन केसीले २१२ मत प्राप्त गरेको जानकारी दिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook