जेठ ५, काठमाडौं । दोलखाको शैलुङ गाउँपालिकामा गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) बाट प्रमुखमा रिमालबाबु श्रेष्ठ निर्वाचित भएका छन् । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार श्रेष्ठले ४९१८ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धनबहादुर तामाङले ४८६० ल्याएका छन् । गाउँपालिकाको प्रमुखमा कडा प्रतिस्पर्धा बिच एमालेले पराजित हुनुपरेको छ । शैलुङ गाउँपालिका २०७४ सालको स्थानिय निर्वाचनमा एमालेले जितेका थिए ।
त्यस्तै उपाध्यक्षमा एमालेका पार्वती कार्की थापा निर्वाचित भएकी छन् । कार्कीले ५१३५ ल्याएकी छन् भने उनका प्रतिस्पर्धी गठबन्धन (काँग्रेस)बाट दावादोर्जे लामाले ४७४१ मत ल्याएका छन् ।
निर्वाचित श्रेष्ठ तत्कालिन माओवादी आन्दोलनका घाईते योद्द समेत हुन् ।
