चुनाव सकिएलगतै डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य १० रुपैयाँले बढ्यो

Byपहिलो सुचना

२०७९ बैशाख ३१, शनिबार २०:२४ २०७९ बैशाख ३१, शनिबार २०:२४ २०७९ बैशाख ३१, शनिबार २०:२४
Petrol_Oil

बैशाख ३१, काठमाडौं । नेपाल सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ ।

योसंगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

अन्तरास्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले १० रूपैयाँले मूल्य बढाएको हो ।

आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको निर्णय गरेको हो । निगमका अनुसार नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook