बैशाख ३१, काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार चिरिबाबु महर्जनले अहिलेसम्म ५० प्रतिशतभन्दा बढी मत पाएका छन् ।
शनिबार साँझसम्म ४०० मत गन्दा उनले २१९ मत पाएका छन् । अर्थात् उनका पक्षमा ५४.७५ प्रतिशत मत आएको छ । उनका प्रतिष्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत पाएका छन् । उनको २४.२५ प्रतिशत मत आएको छ ।
त्यस्तै, उपमेयरमा भने एमालेकी मन्जली शाक्य बज्राचार्यले ११४ मत पाएकी छन् ।
