बैशाख ३१, काठमाडौं । ललितपुर महानगरको मत गणनामा अहिलेसम्म मेयर पदमा कांग्रेसकाे अग्रता रहेकाे छ । एमालेलाई दाेब्बर मतले पछि पार्दै कांग्रेस अगाडि रहेकाे छ ।
कांग्रेसले ५७ मत प्राप्त गर्दा एमालेले २३ मत पाएकाे छ । यस्तै तेस्राेमा राप्रपाले ७ मत प्राप्त गरेकाे छ । ललितपुर महानगरकाे प्रमुखमा नेपाली कांग्रेसबाट चिरीबाबु महर्जन, नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अष्टबहादुर महर्जनलगायत उम्मेदवार छन् । उपप्रमुखमा नेकपा एमालेबाट मञ्जली शाक्य (आस्था), नेकपा माओवादी (केन्द्र) बाट बाबुराज बज्राचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट स्वर्णिमा शाक्यलगाय उम्मेदवार छन् ।
