रूकुमको जंगलमा महिलाको शव फेला

Byपहिलो सुचना

२०७९ बैशाख २७, मंगलवार ११:३४ २०७९ बैशाख २७, मंगलवार ११:३४ २०७९ बैशाख २७, मंगलवार ११:३४

बैशाख २७, रुकुम (पुर्व) । रूकुम (पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगंगा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । 

सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जंगलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रूकुम(पूर्व) अस्पताल ल्याइँदैछ । 

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook