बैशाख २२, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा पाँच जना स्वतन्त्र उम्मेदवारले कांग्रेस पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन् ।
उनीहरूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन् ।
स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिकामा पाँच स्वतन्त्र उम्मेदवारले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गरेका हुन् ।
भेरीगंगा नगरपालिकाको प्रमुख पदमा स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका मानबहादुर बुढा मगरले बिहीबार विज्ञप्ति जारी गर्दै आफूले कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने बताएका हुन् ।
त्यस्तै, कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै भेरीगंगा नगरपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य पदका उम्मेदवार कमला पुन मगर, सदस्य पदका उम्मेदवार मनबहादुर पुनमगर र टोपबहादुर आलेले विज्ञप्ति जारी गरेका छन् ।
आयोगले तोकेको समयमा आफ्नो उम्मेदवारी फिर्ता नभए पनि कांग्रेसका उम्मेदवारलाई आफ्नो समर्थन रहेको उनीहरूले विज्ञप्तिमा उल्लेख गरेका छन् । (रासस)
