थप २,५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण १७, आईतवार १७:०६ २०७८ श्रावण १७, आईतवार १७:०६ २०७८ श्रावण १७, आईतवार १७:०६ #covid news

साउन १७, काठमाडौँ। नेपालमा थप २,५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको हो।

आठ हजार ४०२ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ९८१ जना र चार हजार २३४ जनाको एन्टिजेन परीक्षण गर्दा ५८७ जनामा संक्रमण देखिएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट नौ हजार आठ सय ७५ जनाको मृत्यु भएको छ भने दुई हजार २० जना निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook