कोरोना खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क नलिन स्वास्थ्य मन्त्रालयको निर्देशन

Byपहिलो सुचना

२०७८ श्रावण १७, आईतवार १८:०२ २०७८ श्रावण १७, आईतवार १८:०२ २०७८ श्रावण १७, आईतवार १८:०२

साउन १७, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरूद्धको खोप लगाएको प्रमाण पत्र वितरण गर्दा शुल्क नलिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ।

आइतबार सूचना जारी गर्दै मन्त्रालयले केही अस्पतालहरूले खोप लगाएको प्रमाण पत्र दिँदा शुल्क लिने गरेको जन-गुनासो आएको भन्दै ती अस्पताललाई शुल्क नलिन भनेको छ।

अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, निजामती कर्मचारी अस्पताल, पाटन अस्पताल र सशस्त्र प्रहरी अस्पतालले खोप लगाएको प्रमाण पत्र वितरण गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook