“बैकिङ कारोबार गोप्य र सुरक्षित तरिकाले गर्नुपर्छ । नचिनेको व्यक्तिलाई आफ्नो बैंकको कुनै पनि विवरण (खाता नम्बर, नाम, एटिएम) नदिनुहोस् । चेक काट्दा पनि चिनजानकै र भरोसा गर्न मिल्नेलाई मात्रा दिने गर्नुहोस।”
साउन १७, काठमाडौँ। अनलाइन कारोबार ! ! ! झट्ट सुन्दा आधुनिकता झल्कने शब्द। शब्द मात्रै हैन यसको सेवा पनि परम्परागत तौर तरिका भन्दा फरक, छिटोछरितो र अत्यन्तै सजिलो पनि हुन्छ। दिनभरि लाग्ने कामलाई एक मिनेटमा पुरा गरिदिन सक्छ । समय र दुरिको महत्व र परिभाषा परिवर्तन गरि दिएको छ। संसार एउटा सानो गाँउ भएको छ। हजारौ माइल टाढाको दुनियाँ पनि अगाडि देख्न सकिन्छ । तर, यसको प्रयोग जति छिटो, सरल र फाइदा छ उति नै बेफाइदा र हानिकारक पनि छ । सामान्य साबधानी अपनाउन सकिएन भने पाइला पाइलामा धोका र जिवन नै बर्वाद भएको घटना पनि छिन् भरमा नै घट्ने गर्छन । कतिको घरबार बिग्रेको छ भने कतिपय घरबार विहिन हुँदै ज्यानै समेत गुमाएका पनि छन्। अधिकांशले फाइदा लिए पनि धोका पाएको पाइला पाइलामा पाउन सकिन्छ।
तिनै मध्येको एक हुन दोलखा घर भई काठमाडौं मुलपानी बस्ने पतलाल तामाङ। पेसाले उनि अनलाईन व्यापारी हुन्। अर्गानिक स्टोर नाम गरेको फेसबुक पेज मार्फत् विभिन्न सामानहरुको बिक्री गर्ने काम गर्छन। लामो समयदेखि यो व्यापार गरेको हुनाले अनलाइन व्यापारमा राम्रो दख्खल पनि थियो । त्यसैले उनको कारोबार राम्रो नै चलेको थियो । केहि समय अगाडि उनले कोरियाबाट एकजना आफन्तलाई एप्पलको म्याकबुक प्रो मगाए र केहि समय चलाएपछि बेच्ने सोच बनाएर आफ्नै फेसबुक पेज मार्फत विज्ञापन गरे। मनोज खड्का क्षेत्री नाम गरेको व्यक्तिले किन्छु भन्दै फेसबुकमा च्याट गरे। कोरोनाको कारणले पैसा क्यास भन्दा पनि सिधै बैंकमा डिपोजिट गर्छु भन्दै बैंक खाता मागे र डिपोजिट गरेको स्लिपको फोटो खिचेर पठाए।
सामान डेलिभरी गर्न तामाङ चक्रपथ जाँदै गर्दा मोबाईलमा पैसा डिपोजिट भयो भनेर म्यासेज पनि आयो। सबै कुरा ठिक भए पछि म्याकबुक उनलाई दिएर फर्कदै गर्दा पुन: बैंकबाट म्यासेज आयो। जसमा लेखिएको थियो केहि समय अगाडि डिपोजिट भएको १ लाख ८ हजार रूपैंया झिकिएको छ। विश्वास लागेन, र तुरुन्तै मोबाइलबाट नै खाता चेक गर्दा पैसा थिएन।
मनोजलाई फोन गर्दा उसको फोन अफ भन्यो र लगत्तै उनि नविल बैंकमा पुगे। बैंकले केहि समय अगाडि मनोज खड्का नाम गरेको व्यक्तिले चेक डिपोजिट गरेको र पैसा नपुगेर फिर्ता आएको भने। उनले बैंकमा चेक मागे तर चेक सोहि व्यत्तिफ्ले फिर्ता लगिसकेको जवाफ दिए। तब मात्रै तामाङले आफू ठगिएको थाहा पाए। आफू ठगिएको थाहा पाउँदा उनि छाँगा बाट खसेको जस्तै महसुस भएको बताउँछन्।
बैंकको कर्मचारीको सुझाव अनुसार उनि महानगरीय प्रहरी बृत्त बौद्धमा गइ उजुरी दिए र प्रहरीले ठगि मुद्धामा निबेदन दर्ता गरे। तर मान्छे फरार भएको हुनाले पक्राउ गर्ने कसरी। उनले सो व्यक्तिको तस्बिर सहित आफूलाइ ठगेर फरार भएको जानकारी सहित फेसबुकमा पोष्ठ गरे। लगत्तै झापा र चितवन बाट केहि व्यक्तिहरुले आफूलाई पनि सोहि व्यक्तिले त्यसैगरी ठगेर वेपत्ता भएको भनेर फोन गरे ।
सामान डेलिभरी गर्न तामाङ चक्रपथ जाँदै गर्दा मोबाईलमा पैसा डिपोजिट भयो भनेर म्यासेज पनि आयो। सबै कुरा ठिक भए पछि म्याकबुक उनलाई दिएर फर्कदै गर्दा पुन: बैंकबाट म्यासेज आयो। जसमा लेखिएको थियो केहि समय अगाडि डिपोजिट भएको १ लाख ८ हजार रूपैंया झिकिएको छ। विश्वास लागेन, र तुरुन्तै मोबाइलबाट नै खाता चेक गर्दा पैसा थिएन।
भक्तपुरका राजन महर्जनले पनि केहि समय अगाडि आफ्नो आइफोन १२ बिक्रिमा भनेर फेसबुकमा बिज्ञापन गरेका थिए। फेसबुक च्याटमा फोन खरिद गर्छु भनेर एकजना व्यक्तिले फोन नम्बर मागे। फोनमा कुराकानी गरेपछि मुल्य बारे दुबैजना सहमति भए पछि बैंक मार्फत भुक्तानी दिने सर्तमा सामान लिएर महर्जन कोटेश्वर पुगे। तामाङलाई जस्तै बैंकमा पैसा डिपोजिट भएको स्लिप महर्जनलाई दिए। फोनमा डिपोजिट भएको म्यासेज पनि आयो र सामान दिएर दुवै आफ्नो आफ्नो बाटो लागे।
केहि समय पछि महर्जनको मोबाइलबाट पुनः बैंकबाट म्यासेज आयो जसमा लेखिएको थियो ‘अघि डिपोजिट गरिएको रकम झिकिएको छ ‘।
त्यस व्यक्तिलाई फोन गर्दा मोबाइल उपलब्ध हुन नसकेको कुरा थाहा पाए पछि महर्जन तुरुन्तै बैंकमा गए। त्यहाँ बुझ्दा चेक क्लियरेन्समा गएको तर पैसा नभएपछि फिर्ता आएको र चेक सोहि व्यक्तिले फिर्ता लागेको थाहा पाए। उनि पनि आफू ठगिएको थाहा पाए लगत्तै महानगरीय प्रहरी प्रभाग जगातीमा उजुरी दिन गए। फोन अफ भएको कारण यहाँ पनि केहि थाहा पाउन सकिएन।
यस्तै घटनामा झापाका निरज पौडेल पनि परे । उनले पनि उसै गरि आईफोन बिक्री त गरे तर पैसा हातमा परेन। प्रहरीमा उजुरी दिए तर फरार व्यक्ति कसरी समातीने ?
गत साउन २ गते जिल्ला प्रहरी कार्यलाय गोरखामा पनि यहि प्रकारको ठगिको उजुरी परेको थियो। प्रहरीले सोधखोज गर्दै जाँदा गोरखा जिल्ला शहिद लखन गाँउपालिका स्थाई घर भएका मनोज खड्कालाई पक्राउ गरे। पक्राउ पछि अनुसन्धान गर्दै जाँदा उनि त्यहि व्यक्ति थिए जसले दोलखाको पतलाल तामाङ, भक्तपुरको राजन महर्जन र झापाको निरज पौडेललाई पैसा नभएको चेक डिपोजिट गर्दै त्यसको स्लिप देखाएर सामान लिने र पछि चेक फिर्ता आए पछि चेक लिएर फरार भएका थिए
जिल्ला प्रहरीले उनको साथबाट २ वटा अईफोन र केहि रकम बरामद गरेको थियो। अहिले उनलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी जिल्ला प्रहरी कार्यलायले दिएको छ । उनको नाममा ठगि गरेर फरार भएको करिब ३० जना भन्दा बढि व्यक्तिले जिल्ला प्रहरी कार्यलाय गोरखामा उजुरी दिईसकेको छ भने देशभरि बाट नै आफू ठगिएको भन्दै उजुरी आउनेक्रम जारि छ । अनुसन्धान गर्दै जाँदा उनले ठगि गरेर ल्याएको सामान काठमाडौँको राईजिङ मलमा रहेको ओलिज स्टोरले सस्तोमा खरिद गरि बिक्री गर्ने तथ्य खुलेको र सो बारेमा बिस्तृत अनुसन्धान भाईरहेको जानकारी जिल्ला प्रहरी कार्यलायले दिए ।

महानगरीय प्रहरी प्रधान कार्यलायको तथ्यांक हेर्ने हो भने अनलाईन ठगि गरेर फरार हुने घटना दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । प्रविधिको विकासले गर्दा मोबाईल र ईन्टरनेट हरेक व्यक्तिको पहुँचमा पुगेको छ । सोझासाझा व्यक्तिहरुले सजिलै सबै कुरा पत्याउँछन् र प्रलोभनमा परेर पैसा र सामान गुमाएका धेरै जना छन् । ति मध्ये केहि प्रतिशत मात्रै प्रहरी सम्म पुग्छन र धेरैजना गुपचुपमा नै रहन्छन । पछिल्लो समय इमो, भाईवर, वाट्सएप जस्ता सामाजिक संजाल मार्फत् लोटरी चिठ्ठा परेको भनेर फोन आउने र सो पैसा पाउनको लागि केहि रकम चाहिने भन्दै पैसा माग्ने र रकम लिएपछि फरार हुने घटनाहरु सामाजिक संजाल तिर देख्न सकिन्छ।
बैंकिङ क्षेत्र सजिलो र सुरक्षित भएतापनि केहि व्यक्तिहरुको कारणले गर्दा यो क्षेत्र शंका गर्ने आधार बन्दै गईंरहेको कुरा नबिल बैंक का प्रमुख अनिल शाहले बताए । उनले भने, “बैकिङ कारोबार गोप्य र सुरक्षित तरिकाले गर्नुपर्छ । नचिनेको व्यक्तिलाई आफ्नो बैंकको कुनै पनि विवरण (खाता नम्बर, नाम, एटिएम) नदिनुहोस् । चेक काट्दा पनि चिनजानकै र भरोसा गर्न मिल्नेलाई मात्रा दिने गर्नुहोस।”
चेक मार्फत् भक्तानी लिँदा वा दिँदा धेरै सुरक्षित हुन्छ। तर, अहिले वार्षिक रुपमा चेक बाउन्स भएको घटना पनि दिन प्रतिदिन बड्दो अवस्थामा छ। खातामा पैसा नभएको अवस्थामा कहिल्यै पनि चेक काटेर अरुलाई दिनु अपराध हो भन्दै उनले अगाडी थपे “चेक डिपोजिट गरेको भरमा पैसा पायो भनेर विश्वास नगर्नुहोस् । जबसम्म तपाईको खातामा चेकबाट पैसा साटेर डिपोजिट भयो भनेर कन्फर्म हुँदैन तब सम्म तपाईले पैसा पाएको हुँदैन। केहि व्यक्तिले चेक डिपोजिट गर्छन् र ब्यालेन्स नपुगेपछि सो चेक आफै फिर्ता लिएर जान्छन्। केहि व्यक्तिहरुले आफू पनि त्यसरी ठगिएको गुणासो गरेका छन्।”
समयको बचत गर्ने र छिटो छरितो माध्याम अनलाईन कारोबार वा गतिबिधि हो। अहिले विश्वमा अनलाईन मार्फत् हरेक गतिविधि हुँदै आईरहेको छ र अझै बढ्दै जाने नै छ । तर, जतिजति कारोबार र गतिविधि बढ्दै गयो उति नै नराम्रो पक्ष पनि सतहमा आउने क्रम बढ्दै छ। तपाई हामीले गर्ने कारोबार र गतिविधि कतिको सुरक्षित छ भनेर एकपटक अवश्य सोच्नुपर्ने अवस्था आएको छ।
