कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा ३ जना बेपत्ता

Byपहिलो सुचना

२०७८ श्रावण १७, आईतवार १४:०६ २०७८ श्रावण १७, आईतवार १४:०६ २०७८ श्रावण १७, आईतवार १४:०६

साउन १७, काठमाडौँ। कर्णाली नदिमा आइतबार दिउँसो १२ बजे डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्। कैलाली मोहन्याल गाउँपालिका-३ रांगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका-४ मा जाने क्रममा डुंगा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका-३ राघका उर्मिला सलामी, धनी सलामी र धनी सलामीका डेढ महिनाका छोरा रहेको डिएसपी घर्तीले बताए।

प्रहरीका अनुसार काठको डुंगामा १० जना सवार थिए। उनीहरु नियमित खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा दुर्घटना भएको हो।

दुर्घटनामा दुई जना घाइते भएका छन् भने अन्य पाँच जना सकुशल छन्। बेपत्ता भएकाहरुको खोज र उद्धार कार्यमा प्रहरीहरु खटिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook