घाँस काट्दै गर्दा लडेर महिलाको मृत्यु

Byपहिलो सुचना

२०८१ फाल्गुन ८, बिहीबार १३:०४ २०८१ फाल्गुन ८, बिहीबार १३:०४ २०८१ फाल्गुन ८, बिहीबार १३:०४

फागुन ८, सुर्खेत । जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । 

आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिए । कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook