सर्लाहीमा आगलागी हुँदा १३ घर जले

Byपहिलो सुचना

२०७८ चैत्र १३, आईतवार ०७:१९ २०७८ चैत्र १३, आईतवार ०७:१९ २०७८ चैत्र १३, आईतवार ०७:१९
Fire

चैत १३, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन् ।

आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझको आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीय ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते भएका थिए ।

सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जलेका घर फुसले छाएको बताए । घरभित्र रहेका अन्न, लत्ताकपडालगायत सबै सामान जलेपछि १३ दलित परिवारको बिचल्ली भएको छ ।

आगलागीबाट स्थानीय प्रदीप हजारी, रामबली पासमान, ताहिर हजारी, शीतल हजारी, जीवन हजारी, भिखारी पासमान, रामविश्वास हजारी, बिकाउ पासमान, नन्नद किशोर पासमान, गगन हजारी, सरपलाल हजारी, रामनाथ हजारी र भुमेश्वर साह कानुको घर जलेर नष्ट भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

मलङ्गवा, हरिवन नगरपालिकाको बारुणयन्त्र तथा सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook