साउन १५, काठमाडौं। डिशहोम फाइबरनेटले हाल आफ्नो नेटवर्क जनकपुरमा विस्तार गरेको छ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोमले छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि पुग्ने जानकारी दिएको छ।
कम्पनीका अनुसार डिशहोम फाइबरनेट नागरिकहरुको उच्च गतिको इन्टरनेट सेवाको माग पूरा गर्न २०२० मा शुरु गरिएको बताए।
डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले बताएको छ।
काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर र विराटनगरमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ।
