साउन १५, काठमाडौँ। चिनियाँ राजदूत होउ यान्छीले ऊर्जा मन्त्री पम्फा भुसालसँग आज सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेटवार्ता गरेकी छन्।
उर्जा मन्त्रीको सचिवालय अनुसार भेटवार्ताका क्रममा दुई देशका बीच आपसी सम्बन्ध र विविध चासोका विषयमा छलफल भएको छ।
वर्षौंदेखि जनस्तर र सरकारबीच रहिआएको गहिरो सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास आफूले लिएको ऊर्जा मन्त्री भुसालले बताएकी छन्।
