कोरोना संक्रमण निरन्तर उकालो

ByGyan Kaji Tamang

२०७८ श्रावण १२, मंगलवार १७:०७ २०७८ श्रावण १२, मंगलवार १७:०७ २०७८ श्रावण १२, मंगलवार १७:०७

साउन १२, काठमाडौँ। नेपालमा कोरोना भाइरसको संक्रमण दर दिनानुदिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा ३,८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने सोही अबधिमा २० जनाको मृत्युु भएको छ । १२,६५५ जनाको पिसिआर परिक्षण गर्दा २७२६ जनामा र ४८६३ जनाको एन्टिजेन परिक्षण गर्दा ११७३ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या हिजोको भन्दा करिब ५ सय जनाले बढि हो ।
सरकारले निषेधाज्ञा खुकुलो बनाउदै लगेपछि बजारमा चहलपहल बढेको र सोही सँगै कोरोना संक्रमण पनि दिनानुदिन बढिरहेको छ । बिगत एक हप्ता देखि कोरोना संक्रमण दर निरन्तर रुपमा बढिरहेको छ भने सरकारले लामो दूरीको यातायात समेत सञ्चालन ल्याईसकेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको प्रतिबेदन अनुसार नेपालमा असोज दोस्रो सातादेखि तेस्रो लहरको वेभ आउने र त्यसको लागि तयारी अवस्थामा रहन सरकार र सम्बन्धित निकायहरुलाइ अनुरोध समेत गरिएको छ ।

स्वास्थ्य मन्त्रालय को डाटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook