थप ३ हजार ६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

Byपहिलो सुचना

२०७८ श्रावण १५, शुक्रबार १७:२० २०७८ श्रावण १५, शुक्रबार १७:२० २०७८ श्रावण १५, शुक्रबार १७:२०

साउन १५, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७८३ पिसिआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ भने १ हजार ८१६ जना निको भएका छन्। हालसम्म नेपालमा कोरोनाबाट ९ हजार ८३४ जनाको मृत्यु भएको छ भने ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook