करेन्ट लागेर वडा सदस्यको मृत्यु

Byपहिलो सुचना

२०७८ फाल्गुन २०, शुक्रबार ०८:५९ २०७८ फाल्गुन २०, शुक्रबार ०८:५९ २०७८ फाल्गुन २०, शुक्रबार ०८:५९

फागुन २०, तनहुँ । तनहुँमा करेन्ट लागेर ६८ वर्षीय ओमबहादुर नेपालीको मृत्यु भएको छ ।

नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडासदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने सिलसिलामा अचानक करेन्ट लाग्दा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दीखोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको मृत्यु भएको उनले बताए ।

प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकीसमेत रहेका आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook